स्थानको छनौट ः
ओखर खेती गर्नको लागी समतल जग्गा देखि २०डिग्री भिरालो जग्गासम्ममा गर्न सकिन्छ । त्यसैगरी खेतबारीको डिल,सिमानामा पनि लगाउन सकिन्छ साथै खरबारी ,सार्बजनिक जमिन,सामुदायिक बनहरुमा पनि खेती गर्न सकिन्छ ।
बगैंचा रेखाड्ढन ः
ओखरको बोट धेरै ठुलो हुने भएकाले रेखाड्ढन गर्दा विशेष ध्यान पुर्याउनु पर्दछ । यदी बगैचामा अन्य फलफूल पनि लगाउने हो भने होंचा बोट हुने फलफूललाई दक्षिण तर्फ र ओखरका बोटलाई उत्तर तर्फ लगाउनको लागी रेखाड्ढन गर्नु पर्दछ । रेखाड्ढन गर्दा विरुवा देखि अर्को विरुवाको दूरी १० मिटर कायम गर्नु पर्दछ । यसरी प्रति हेक्टर
१०० गोटा विरुवा लाग्दछ । ओखर बगैंचा रेखाड्ढन गर्दा सामान्यतः कण्टुर वा गह्रा कान्ला प्रणाली अपनाउनु नै उपयुक्त हुन्छ । रेखाड्ढन गर्दा ए फ्रेम,ल्पान्टिङ बोर्ड प्रयोग गर्नु पर्दछ ।
खाडल खन्ने, पुर्ने ः
विरुवा लगाउनु भन्दा दुई महिना अगाडी नै खाडल खनेर राख्नु उपयुक्त हुन्छ । खाडल तैयारी गर्दा खाडलको गहिराई र गोलाई एक एक मिटरको खन्नु पर्दछ । माथिल्लो सतहको माटो मलिलो हुने भएकोले त्यसलाई एकापट्टी र तल्लो सतहको माटो उर्बर नहुने भएकोले जमिनको सतहमा नै मिलाई दिनु पर्दछ । यसरी माथिल्लो सतहको
माटोमा राम्ररी पाकेको गोबर मल एक डोको,युरिया १०० ग्राम,डि.ए.पी.२०० ग्राम,पोटास १००ग्राम प्रति खाडलका दरले राम्ररी मिसाई पुर्नु पर्दछ । खाडल पुर्दा जमिनको सतह भन्दा एक फिट अग्लो हुने गरी थुप्रो पार्नु पर्दछ ।
विरुवा रोप्ने ः
ओखरको विरुवा पुस माघ महिनामा रोप्ने बाली हो । विरुवा रोप्दा ल्पान्टिङ बोर्डको सहायताले खाडलको केन्द्र बिन्दुमा पार्नु पर्दछ । जरालाई नखुम्च्याईकन रोप्नु पर्दछ । जरा नखल्बलिनको लागी र नयाँ पालुवालाई सपोर्टको लागी विरुवासंगै टेका दिनु अनिबार्य हुन्छ ।
मल्चिङ वा छापो दिने ः
विरुवा रोपी सकेपछि विरुवालाई नछुने गरी बाक्लो गरी खर वा पराल वा झारपातले छापो दिनु पर्दछ । यसरी छापो दिंदा माटोमा चिस्यान लामो समयसम्म कायम रहन्छ भने झारपात पनि नियन्त्रण हुन्छ अर्थात कम उम्रने गर्दछ ।
No comments