हावापानी ः
ओखर बालीले तुषारो देखि हल्का हिंउसम्म सहन सक्दछ तर अत्यधिक हिंउ पर्ने स्थानमा काण्डमा असर गर्ने गर्दछ । त्यसैगरी गर्मी मौसममा अधिक गर्मी हुने स्थानमा पनि ओखर बाली लगाउन उपयुक्त हुदैन । त्यसैले ओखरको जात हेरी समुन्द्र सतहबाट १००० देखि २५०० मिटरसम्ममा सफलतापुर्वक ओखर खेती गर्न सकिन्छ । ओखर
खेतीको लागी जातिय विशेषको आधारमा बार्षिक ७०० देखि १५०० घण्टा चिलिङ आबश्यक पर्दछ । बार्षिक बर्षा ७६०मि.मि. सम्म भएमा यसको खेती राम्रो हुन्छ ।
ओखर खेतीको लागी पानीको निकास राम्रो भएको,पानी नजम्ने तर चिस्यान रहिरहने, प्राङ्गारिक पदार्थ प्रसस्त भएको, ३ मिटरसम्म गहिरो माटो भएको, पाँगो देखि चिम्ट्याईलो दुमट माटो उपयुक्त मानिन्छ । माटोको पि.एच. ६देखि ७ सम्ममा राम्रो उत्पादन लिन सकिन्छ ।
माटो ः

No comments