व्यावसायिक ओखर खेती । भाग २। ओखरका प्रमुख जातहरू
१. स्थानिय हाडे ओखर : कडा बोक्रा भएको नेपालको पहाडी भुभागको जंगलमा पाईने जंगली खोखरको पनि आफ्नै विशेषता रहेको छ । यसको बीउबाट विरुवा बनाई कलमी गर्नको लागी उत्तम खाल्को मुलबृत्त हुन्छ । यसका टिम्बरबाट राम्रा गुणस्तरका काठका बस्तुहरु (फर्निचर, ठेकी, ठेका, आरी, ब्यारल (रक्सि राख्ने भाँडो आदी बन्दछन।त्यसैले यस जातीलाई पनि बचाई राख्नु हाम्रो दायित्व हो ।
२. थिनसेल (Thin Shell) : नेपालमा सदियौं देखि पाईदै आएको पातलो बोक्रा भएको जसलाई स्थानिय थिनसेल ओखर पनि भन्ने गरिन्छ ।
३. थिनसेल (Thin shell) :: यो नाम गरेको ओखर चाँही क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो । यसको बोक्रा हाम्रो स्थानिय थिनसेल भन्दा हलुका नरम खाल्को हुन्छ ।
४. आशले (Ashley) : यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।
५. हार्टले (Hartley) : यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।
६. फ्रान्क्वेट (Franquette) : यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।
७. पायने (Payne): यो पनि क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।
८. परताप (Pratap) भारतको हिमांन्चल प्रदेशमा विकास गरिएको जात हो ।
९. गोविन्द (Gobind) : भारतको हिमांन्चल प्रदेशमा विकास गरिएको जात हो ।
१०. के.१२ (k-12) भारतको हिमांन्चल प्रदेशमा सन् २००७ मा विकास गरिएको जात हो । यो जातको ओखर उच्च गुणस्तरको मानिएको छ ।यसमा ५८ प्रतिशत भन्दा बढी गुदी पाईन्छ ।
No comments