उत्पति तथा वितरण :
ओखरको उत्पति उत्तर पश्चिम हिमालयको समुन्द्र सतहको १२०० देखि २५०० मिटरसम्मको पहाडी भूभागमा भएको मानिन्छ । उत्तर पश्चिम हिमालय भन्नाले ईरान देखि संभवतः कर्णाली प्रदेशको भूभागसम्म लाई पनि मान्न सकिन्छ । किनकि नेपालको कर्णाली क्षेत्रको उच्च पहाडमा रैथाने जातका कम कडापन भएका देखि कडा हाडे सम्मका ओखर परापुर्व काल देखि पाईने गरेको छ । त्यसैगरी नेपालको महभारत पर्बतको आसपासमा पनि जहाँतहीँ जंगली हाडे ओखर पाईनुको कारणले नेपाल पनि ओखरको उत्पति स्थल हो भन्ने बलियो प्रमाण हो ।
तर उन्नत जातको ओखर भने ईङ्लिस र पर्सियन जातीका पातलो हाड भएका दाँते ओखर चार दशक पहिले नै नेपालमा भित्रिएर विभिन्न सरकारी फार्म केन्द्रहरुमा लगाईएको थियो र आज तिनै फार्म केन्द्रबाट उत्पादन भएका विरुवाबाट नै नेपाल राष्ट्र् भरी फैलिएको छ । साथै नेपालको सुदूर पश्चिम जिल्लाका निजि नर्सरीहरुले प्रशस्त मात्रामा विरुवा उत्पादन गरी रहेका छन ।
ओखर हिंउदमा पात झर्ने पतझड फलफूल हो । यसको फल सुख्खा हुने भएकोले Dry fruit Nut भन्ने पनि गरिन्छ । पर्सियन ओखर भनेर चिनिने Juglandaceae परिवार अन्तर्गत पर्ने,यसको बैज्ञानिक नाम Juglans regia L, अग्रेंजी नाम Wallnut र नेपाली नाम ओखर हो । हालसम्म यसका करिब २१ जाती रहेको पाईन्छ ।
बानस्पतिक बर्गिकरण ः

No comments